पोखरामा बुधबार ‘झोला’ देखाइने

पोखरा, ९ पुस सती प्रथामा आधारित ऐतिहासिक चलचित्र ‘झोला’ पोखरामा बुधबार (भोलि) विशेष प्रदर्शन हुने भएको छ ।क्रिसमस डेका दिन बिहान ८ बजे विन्ध्यवासिनी चलचित्र मन्दिरमा हुने विशेष प्रदर्शन ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको आयोजना तथा मानव अधिकारका लागि महिलाः एकल महिला समूह, कास्कीको सहआयोजनामा हुन लागेको हो । ¥याण्डम पुरस्कार अक्षयकोष वृद्धिका लागि सो प्रदर्शन गर्न लागिएको सोसाइटीका अध्यक्ष गनेस पौडेलले बताउनुभयो । महिला र मूलतः एकल महिला र सति प्रथासँग सम्बन्धित चलचित्र भएकाले आफूहरु सहआयोजक बनेको एकल महिला समूहकी अध्यक्ष प्रमिला तझ्याले जनाउनुभयो ।

jholaआख्यानकार कृष्ण धराबासीको चर्चित कथा झोलामा आधारित चलचित्रले नेपाली जनजीवनको ऐतिहासिकतालाई प्रस्तुत गरेको छ । आफ्नी जिउँदी आमालाई मृत बाबुसँगै चितामा जलाउन लागिएको दृश्य बालक छोरोले हेरिरहेको मार्मिक प्रसङ्ग र चिताबाट थाहै नपाई आमा भागेकी र पछि छोरोसँगै भेट भएको कारुणिक कथाले भरिएको सो चलचित्र काठमाण्डौमा नेपालका शीर्ष नेता, बुद्धिजीवी, सञ्चारकर्मी तथा अधिकारकर्मीहरूले हेरेपछि सबै नेपालीले एकपटक हेर्नैपर्ने प्रतिक्रिया दिएका थिए ।

पोखरामा हुने सो प्रदर्शनीका लागि निर्देशक यादवकुमार भट्टराई, नायक राज तिमिल्सिना, निर्माता प्रल्हाद खतिवडा र रामगोपाल थापालगायतको समूह पोखरा अइसक्नुभएको कार्यक्रम संयोजक रुपिन्द्र प्रभावीले जनाउनुभयो । रु. २ सय, ५ सय र १ हजार दरको टिकटको व्यवस्था गरिएको प्रदर्शनका लागि धेरैजसो टिकट बिक्री भइसकेको र केही टिकट मात्र बाँकी रहेको सचिव उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...