म राष्ट्रपति बन्न तयार छु : झलनाथ खनाल

पुस २०। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपति हुन तयार रहेको बताएका छन्। बिबिसी नेपालीसँग कुराकानीको क्रममा नेता खनालले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए।

‘देशको आवश्यकताअनुसार कुनै पदमा बसेर काम गर भनेर पार्टीले भन्छ भने तयार छु। सम्मानजनक ढंगले आइलाग्यो भने त्यसमा पछि हट्नेवाला छैन । तर यो पद नै चाहिन्छ भन्ने पदाकाक्षी भने होइन ‘, खनालले भने ।

केहीदिन अघि माओवादी केन्द्र नेता देवेन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउन चाहेको बताएका थिए।

कमेन्टहरु
Loading...