झलनाथ ११ करोडको झमेला

पोखरा, २ असोज/चुनावको चर्चाले यति बेला सबै मुख्य पार्टीका नेता यतिबेला तनावमा हुने नै भए । तर, एमाले अध्यक्ष झलना खनालचाँही राजनीतिक तनावमा मात्र होइन, व्यापारिक काममा आएको उल्झनका कारण अर्को सास्ती झेलिरहेका छन् ।

विश्वासका आधारमा पूर्वराजावादी किशोरी महतोसँग ११ करोड कारोबार भएको एउटा कम्पनी डुबेको छ । झलनाथको नाम बेच्ने रामेछापका होमबहादुर बुढाथोकी हुन् । झगडाचाँही झनाथपत्नी रविलक्ष्मी तित्रकार र होमबहादुरपत्नी नम्रताबीच चर्किएको आजको जनआस्था साप्ताहिकमा खबर छ।jhalanath khanall

उनीहरुले महतोसँग लिनेको कम्पनीको नाम हो, माछापुच्छ्रे हर्वल प्रालि, जुन मकवानपुरको बसामाडी गाविस २ मा सञ्चालित छ । पैसा डुवेको पत्तो पाएपछि रविलक्ष्मी र छोरा अहिले धेरैजसो उतै बस्न थालेका छन् । कम्पनीको मुख्य उद्देश्य जडिबुटी उत्पादन तथा प्रशोधन हो ।प्रालिको सञ्चालक समितिको बैठक बस्यो बालाजुमा ।

बैठकमा सञ्चालक समितिका अध्यक्ष तथा प्रबन्ध निर्देशक होमबहादुर र सञ्चालक नम्रता राउत बुढाथोकी (पति पत्नीमात्रै० उपस्थित थिए । बैठकमा तीन एजेन्डा थिए । पहिलो हो, कर्जा लिने सम्बन्धमा, दोस्रो, जग्गा धितो राखी बन्धक पास गर्ने र तेस्रो विविध । पहिलो एजेन्डामा यस्तो निर्णय भयो, ‘सिभिल बैंक लि।सँग रु ११,४३९६०००र( बराबरको टर्म लोन र रु ५८९०९०००र( बराबरको बर्किङ क्यापिटल लोन लिने र सो ऋणको निम्ति सम्पूर्ण काम गर्न प्रालिका तर्फबाट अध्यक्ष तथा प्रबन्ध संचालक श्री होमबहादुर बुढाथोकीलाई अख्तियारीनामा दिने निर्णय गरियो । यस अघि रविलक्ष्मीलाई कम्पनीको प्राविधिक सल्लाहकारमा नियुक्त भएको चिठ्ठी दिएका थिए ।

कमेन्टहरु
Loading...