जातीय भेदभाव गरेको आरोपमा २ जना प्रक्राउ

दुलेगौडा, ८ चैत्र /तनहुँको भिमाद नगरपालिकामा जातीय भेदभाव गरेका आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन ३० गते नगरपालिकाको वडा न ३ माझकोटमा आयोजना भएको विवाह भोजमा जातिय भेदभाव गरेको आरोपमा स्थानिय चेतबहादुर मल्ल र अनिता पौडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उनीहरुले विवाहमा खाना खाने समयमा भान्सामा भएको भन्दै भिमादका सुकबहादुर परियारलाई धम्की दिएका थिए । उनीहरुले पर बसेर खानपर्ने भन्दै भान्सामा पुगीसकेको परियारलाई दुब्र्यवहार गरेका थिए ।

पिडक दुवैविरुद्ध जातिय भेदभाव तथा छुवाछुत कसुरमा मुद्धा दायर गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नावय निरिक्षक मनोज पाण्डेले जानकारी दिए ।

आफुमाथि विभेद गरिएको भन्दै पिडित परियारले दलित समन्वय समिति भिमाद नगरपालिकामा जानकारी गराएपछि समितिले मुद्धा दायर गरेर अघि बढ्ने निर्णय गरेको समितिका अध्यक्ष बाबुराम सुनारले जानकारी दिए ।

कमेन्टहरु
Loading...