भद्रकालीलाई जेनेरेटेर प्रदान

पोखरा, २२ माघ ः पोखराको कुँडहरमा रहेको भद्रकाली उच्च माविलाई तमु धिं यूके तथा सहारा यूकेका पदाधिकारीले सोमबार एक थान जेनेरेटर प्रदान गरेका छन् । लोडसेडिङका कारण बिहानी सत्रको पढाइ समेत प्रभावित हुने अवस्थामा पुगेको भद्रकाली अब लोडसेडिङ मुक्त भएको छ ।

सोमबार भद्रकालीमा पुगेका दुवै संस्थाका पदाधिकारीलाई विद्यालयका अधिकारीहरुले विद्यालयको बारेमा जानकारी गराएपछि उनीहरुले तत्कालै जेनेरेटर खरिद गरिर जडान समेत गरिदिएको प्रधानाध्यापक धनश्याम रिजालले जानकारी दिए । तमु धिं यूकेका संस्थापक अध्यक्ष तथा सहारा यूकेका सदस्य मिनप्रसाद तमु, तमु धि यूकेका वर्तमान अध्यक्ष तथा सहारा यूकेका सदस्य कमल गुरुङ, सहारा यूकेका सदस्य थमन तझ्या तथा कृष्णबहादुर गुरुङले उक्त जेनेरेटर प्रदान गरेका हुन् ।

उनीहरु सबैलाई प्रअ रिजालले खादा ओढाएर सम्मान गरेका थिए । सो अवसरमा भद्रकाली वहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष विश्व सिग्देलले विद्यालयको ऐतिहासिक पृष्ठभूमिका साथै वर्तमान शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...