जनआन्दोलनका घाईते अधिकारीलाई सहयोग

लेखनाथ, १ फागुन/शान्तिपुर्ण जनआन्दोल २०६२।६३का घाईते कास्की लेखनाथ नगरपालिका वडा नं ६ निवासी ४४ वर्षीय ओमप्रसाद अधिकारीलाई १६ हजार आर्थीक सहयोग प्रदान गरिएको छ । जनआन्दोलनको सिलसिलामा लेखनाथ नगरपालिका कार्यलय घेराउ गर्ने क्रममा सुरक्षकर्मीको निर्घात कुटईवाट ढाडमा गम्भीर चोट लागे पछि आर्थीक अभावका कारण उपचारमा कमि आएको समचार संचार मिडियामा आए पछि नेपाल लेखापढि व्यवसायी एशोसीयसन कास्कीको पहलमा विभिन्न व्यक्ति तथा मालपोत कार्यलयका कर्मचारीहरुवाट सहयोग संकलन गरि अधिकारीलाई हस्तान्त्रण गरिएको हो ।

चोटका कारण अधिकारीको दाईने खुटामा प्यारालासीस भएका छ । एशोसियसनका सदस्य खडान्द लामीछानेको सक्रियतामा संकलन रकम सोमवार उनकै घरमा पुगी स्थानीय समाजसेवी राजेन्द्रमणि लामीछानेले हस्तान्त्रण गरेक थिए । अधिकारीको अहिलेको अवस्था दिन प्रतिदिन गम्भिर हुदै गएको र सरकारी निकायवाट कुनै सहयोग प्राप्त नभईरहेको पछि उनि अहिले ओछ्यानको साहारामा आफनै घरमा कठिन जिवन गुजारी रहेका छन् ।

उनको उपचारमा कमि भएकै कारण अहिले देव्रे साईडको पक्षघातका कारण हिडडुल त परै जाओस् राम्रोसग उठ वस गर्न समेत नसक्ने अवस्थामा छन् । उपचार कै क्रममा गण्डकी हस्पिटवाट काठमाडौ लैजाने सिफारीस गरिए पनि खर्चका अभावले रोगलाई निको नपारी आफै भित्र रोग पालेर वस्न वाध्य भएका छन् । खर्च कै अभावमा एक छोरी र दुई छोराको पठन पाठन र पालन पोषणमा समेत समस्या रहेको श्रीमती सिता अधिकारीको भनाई छ।

उनको अहिलेको अवस्था देख्ने जो कोहि पनि दयाको भावनाले भावकु हुने गर्छन् तर राज्यको तर्फवाट चासो नदेखाउदा मनमा चिन्ता र आखा भरि आसु लिएर आफन्ना समस्य भन्न वाध्य भएको उनी वताउछन् । उनको चिन्ता अहिले आफनो समस्या भन्दा पनि देशमा लोकतान्त्रक गणतन्त्र आएर पनि जनताले चाहे अनुसारको संविधान आउन नसकेकोमा दु ःख मनाउ गर्दै सहिदको वलिदान र आफु जस्ता कयौ घाईते जिउदा सहिदको योगदान त्यसै खेर गएको छ उनको भनाई छ ।

कमेन्टहरु
Loading...