पोखरा महोत्सवमा जनवादी गायक शर्मा सम्मानित

बिहीबार ज्योती मगर र दीपक बज्राचार्य आउने

पोखरा, ३ माघ /पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा जनवादी गायक जीवन शर्मा सम्मानित भएका छन । आयोजक युनाइटेड क्लवले प्रत्येक वर्ष लोक संस्कृती मार्फत समाजमा योगदान पुर्याएका ब्याक्तिलाई सम्मान गर्दै आइरहेको छ । सोही क्रममा नवौ संस्करणको महोत्सवमा नेपाली लोक संस्कृतीको माध्यामबाट नेपाली समाज परिवर्तनमा पुर्याएको योगदानलाई कदर गर्दै क्लवले महोत्सवको अवसरमा सम्मान गरेको हो ।

महोत्सव आयोजक युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, महोत्सव मुल आयोजक समिती तथा क्लवका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष तथा महोत्सव सास्कृतिक ब्यवस्थापन संयोजक राजु श्रेष्ठ, सचिवालय संयोजक लोक बहादुर थापा लगायतले शर्मालाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए । सम्मानित शर्माले आफ्नो प्रस्तुती समेत राखे । शर्माले हिमाली, पहाडी मधेसी हामी सवै नेपाली, बहुचर्चित सवैको मनमा बस्न सफल सिमली छायामा बसी र यस पाली त यस्तै भो आमा भन्ने पञ्चे बाजाको गीत प्रस्तुत गर्दा महोत्सवमा उपस्थित दर्शकहरु नाचेर भरपुर मनोरन्जन लिएका थिए ।

महोत्सवको अवसर पारी क्लवले यस अघि नेपाली लोपोन्मुख ठाडो भाकाका सर्जक भेडीखर्के साइला दीर्घराज अधिकारी, गण्डकी क्षेत्रमा लोक संस्कृती मार्फत नेपालभर गण्डकी प्रदेशको लोक संस्कृतीलाई चिनाउन सफल माया गुरुङ र उमा गुरुङलाई सम्मान गरिसकेको महोत्सव प्रचार प्रचार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

महोत्सवमा बुधबार चर्चित लोक दोहोरी गायिका राधिका हमालको दोहोरी र एकल प्रस्तुतीले महोत्सवमा थप रौनक प्रदान गर्यो भने लोहोनी संगै बहुचर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, सीता केसी, सजना बास्तोला, रनु गुरुङ, प्रेमराज अधिकारी लगायतको पस्तुती रहेको थियोभने हास्य ब्यङ्ग्यतर्फ घिरौले र सापटीको प्रस्तुतीले दर्शकलाई थप रौनक प्रदान गरेको थियो । महोत्सवमा बुधबार पोँचोको तमु समाज पोखरा १४ को बाह्रमासे घाटुको प्रस्तुती रहेको थियोभने तरेली सांस्कृतीक परिवारको नृत्य रहेको थियो । बुधवार सांझ मेलिना राइ र स्कार्डस जर्नीको लाइभ ब्याण्ड प्रस्तुतीले महोत्सवको सांझमा रौनकता थपिएको थियो ।

महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ ज्योती मगर, जीवन दाहाल, माधव चापागाइ, आयुस परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुती रहनेछभने हास्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती रहने महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकार दिए । महोत्सवको सातौ दिन बिहीबार सांस्कृतीक कार्यक्रम तर्फ तरेली सांस्कृतीक परिवारको लोक संस्कृती रहने छनभने लालीगुराँस पुन मगर समाज लामाचौरको धौलागिरी क्षेत्रमा प्रचलित लोपोन्मुख मगर संस्कृतीमा आधारित थाली नाच प्रस्तुती रहने छभने लाइभ ब्याण्ड तर्फ दीपक बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुती रहने छ ।

कमेन्टहरु
Loading...