शैक्षिक भ्रमणमा आएका बिद्यार्थीले निकाले जलकुम्भी झार

पोखरा ३१ साउन । फेवातालको सौन्दर्यता नियाल्न पोखरा आएका पनि तालको कुरुपता जलकुम्भी झार हटाउन लागि परेका छन् । शैक्षिक भ्रमणको लागि कैलालीको धनगढीबाट पोखरा आईपुगेका बिद्यार्थीहरुले आज तालमा रहेको जलकुम्भी झार निकालेका हुन् । तालको सौन्दर्यता अबलोकनको लागि आएपनि कुरुपता देखेपछि सरसफाई गरिएको उनिहरुले बताएका छन् ।
IMG_4275धनगढीमा रहेको सुदुरपश्चिम एकेडेमीबाट भ्रमणको लागि पोखरा आएका बिए तेस्रो बर्षमा अध्ययनरत ५० जना बिद्यार्थी र २ जना शिक्षकले जलकुम्भी झार निकालेको बिद्यार्थी भुबन शर्माले बताए । उनिहरुको सक्रियतामा आज बिहान लेकसाईड स्थित क्याम्पिङचोक स्विमिङपुल आसपासको क्षेत्रमा रहेको जलकुम्भी हटाईएको छ । झार हटाएर तालको सुन्दरता बचाउन पोखरामा रहेका बिभिन्न संघसंस्थाले अभियाननै चलाएको भएपनि यसलाई निर्मुल पार्न भने सकिएको छैन । तालबाट बिभिन्न संघसंस्थाको सक्रियतामा बर्षेनी सयौ ट्रक झार निकाल्ने गरिएको छ ।
IMG_4273जलकुम्भी झारको कारण बर्षायामको तीन महिना डुङ्गा संचालनमा समेत कठिनाई हुने गरेको फेवा डुङ्गा ब्यबशायी समितिका अध्यक्ष बुद्धीबहादुर नेपालीले बताए । जलकुम्भी झार निराकरणको दिर्घकालिन उपाय नखोजे तालको भबिश्यनै संकटमा पर्ने सरोकारवालाहरुले बताएका छन् ।
फेवाताल संरक्षणको नाममा खुलेका एक दर्जन भन्दा बढी संघसंस्थाले तालको संरक्षणमा उचित काम गर्न नसकेको भन्दै कास्कीका पं्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईरालाले प्रभाबकारी काम गर्न नसक्ने संस्थालाई खारेज गरिने चेतावनी समेत दिईसकेका छन् ।

कमेन्टहरु
Loading...