भाषा संघ नेपालको अध्यक्षमा युवराज खनाल

पोखरा, १९ वैशाख/भाषा संघ नेपालको प्रथम अधिवेशनले युवराज खनालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भाषा संघ नेपालको अध्यक्षमा युवराज खनाल
भाषा संघ नेपालको अध्यक्षमा युवराज खनाल

प्रथम उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्ष युवराज पौडेल, महासचिव पूर्णचन्द्र न्यौपाने, सचिवमा पूर्णबहादुर थापा, कोषाध्यक्षमा कोपिला भुजेल चयन भएकाछन् । यसैगरी सदस्यहरुमा सबी शेरचन, जुनकुमार गुरुङ, मोतीप्रसाद श्रेष्ठ, सुरेन्द्र बराल र प्रकाश अधिकारी रहेका छन् । कार्यकाल दुई वर्षको हुने छ ।

पोखरामा छरिएर रहेका जापानीज भाषा अध्ययापन तथा परामर्श दिदैं आएको संस्थाको काठमाडौं बाहिर पोखरामा पहिलो छाता संगठन स्थापन गरिएको हो । छाता संगठनमा ४१ संस्था आवद्ध छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भई प्रथम अधिवेशन सम्पन्न गरिएको हो ।

संस्थाले विदेशमा रोजगार तथा अध्ययनको लागि जान चाहने युवा पुस्तालाई भाषा प्रशिक्षणसँगै परामर्श दिदैं आएको छ । वर्षेनी पोखराबाट जापान उच्च शिक्षा अध्ययनको लागि एकहजार विद्यार्थी जाने संघका अध्यक्ष खनालले जानकारी दिए । पछिल्लो समय युवापुस्ता विदेश अध्ययन गर्नेको संख्या बढ्दै गएको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...