झापामा थप एक जनामा कोरोना संक्रमण

पोखरा,१५ वैशाख/ झापामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भए सगै नेपालमा कोरोना संक्रमितको सख्या ५२ पुगेको छ ।

झापाको ५० बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रायलका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५२ पुगेको छ । संक्रमित मध्ये १६ जना निको भएर घर फर्कि सकेका छन् । अहिले ३६ जना अस्पतालमा उपचार गरिरहेका छन् ।

कमेन्टहरु
Loading...