छोरीलाई जबरजस्ति करणी, बाबुलाई बन्चरो प्रहार

पोखरा, २ फागुन /एक व्यक्तिले लमजुङ राइनस नगरपालिका ६ सालफेदीमा एक युवतीलाई जबरजस्ति करणी गरेका छन् । लमजुङ राइनस नगरपालिका ६ सालफेदी बस्ने वर्ष १५ कि एक युवतीलाई सोहि स्थान बस्ने वर्ष ५६ बर्षिय ज्ञानबहादुर लामाले जबरजस्ति करणी गरेको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

लामाले युवतीलाई ललाई फकाई घरदेखी केहीपर जंगलमा लगि जबरजस्तिकरणी गरिरहेको अवस्थामा युवतीका बुवाले देखी छुट्टाउन बुवाले छुटाउन खोज्दा बन्चरोले प्रहार गरि लामा फरार भएको प्रहरीले जनाएको छ ।

युवतीका बाबुको दाईने हातमा चोट लागेको प्रहरीको भनाई छ । घाईते उनको स्थानिय मेडिकलमा उपचार भएको र फरार लामाको प्रहरीले खोजिकार्य जारी राखेको जनाएको छ ।

कमेन्टहरु
Loading...