आईपीएलमा चेन्नईद्वारा बेङ्गलोर ४ विकेटले पराजित

१ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्ग्सले बेङ्गलोर रोयल च्यालेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । शनिबार राति भएको खेलमा बेङ्ग्लोरले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य चेन्नईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रविन्द्र जडेजाले ३८, सुब्रमन्निम बद्रिनाथले ३४ र महेन्द्र सिंह धोनीले ३३ रन बनाए ।

यसअघि पहिले व्याटिङ थालेको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । उसका लागि एबी डिभिलियर्सले ६४ र विराट कोहलीले ५८ रन बनाएपनि अन्य व्याट्सम्यान चल्न सकेनन् । प्रतियोगिता अन्तरगत आज कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराजाद तथा राजस्थान रोयल्स र किङ्ग्स इलाभेन पन्जाव भिड्ने छन् ।

कमेन्टहरु
Loading...