पोखरामा अन्तराष्ट्रिय मुर्तिकला प्रर्दशनी शुरु

सागर राज तिमिल्सिना
पोखरा, १ असोज/पोखरामा आज देखि अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला शुरु भएको छ । कार्यशालाको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले उद्घाटन गरेका हुन् । सो अबसरमा बोल्दै कार्यशालामा बनेका मुर्तिले पोखरामा पर्यटकको बसाई लम्याउन र पर्यटकिय आकर्षणको क्षेत्र बढाउन महन्वपूर्ण भूमिका निर्बाह गर्ने बताए ।

पोखराको बैदाम स्थित कोमागाने पार्कमा सुरु कार्यशाला १५ दिन सम्म चल्नेछ ।कार्यशालामास्वदेशी र बिदेशी गरी १५ जना कलाकारले ढुंगामा कुँदेरकला भर्ने छन् । प्रदर्शनीमा नेपाल सहित भारत, जापान, बेल्जियमका कलाकारलेप्रदर्शनीमा भाग लिएका छन् ।पोखरा पर्यटन परिषद र उद्योग बाणिज्य संघको संयुक्त प्रयासमा कार्यशालाको आयोजना गरिएको हो । मुर्तिकला कार्यशालामा कलाकारले ठुला–ठुला ढुंगामा खोपेर बनाईएका कलाकृतिलाई प्रत्यक्ष अबलोकन गर्ने ब्यबस्था मिलाईएको छ ।IMG_6389

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ तथा कार्यशाला संयोजक ओम खत्रीले पोखराकोपर्यटन प्रवद्र्धनमा यसले सघाउने विश्वास ब्यक्त गरेका छन् । बडेमानका ढुंगालाई विभिन्न आकृतिमा ढाल्दै आकर्षक रुपमा प्रस्तुत गरेरे दर्शकलाई कला प्रदर्शनीको प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाएको उनले बताए ।

‘पोखरा आएका विदेशी पर्यटक ठुलाठुला ढुंगामा बनाईएका कलासामग्री अवलोकन गर्न पाउँदा खुशी हुने स्थानीय संयोजक सुर्यबहादुर भुजेलले बताए । उनले पोखराको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने बताउदै प्रदर्शनीले कला र संस्कृति आदानप्रदान गर्न सघाउने बताए । विदेशी र स्वदेशी कलाकारले एकैठाउँमा बसेर कलासामग्री बनाउने भएकोले पनि एकअर्कामा संस्कार आदानप्रदान गर्न सघाउँने उनले बताए ।

कलाकारहरु यसरी आयोजना गरिने प्रदर्शनी निकै नै मुल्यबान हुने बताउँछन् । ‘यस्तो कला मुल्यमा हँुदैन । संस्कार आदानप्रदान पैसामा गनिदैन’श्रृजना कलेज अफ फाईन आर्टसका सहायक प्रिन्सिपल लक्ष्मण भुजेलले बताए । प्रर्दशनीका लागी करिब ४० लाख खर्च लाग्ने स्थानीय संयोजक संजिव बहादुर कोइरालले बताए । कार्यशालामा बनाईएका कलाकृतिहरु पार्कमानै राखिने र पर्यटकिय गन्तब्यको रुपमा बिकास गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...