भारती प्रधानमन्त्री मोदी पोखरा आउने

पोखरा, २० साउन / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउनेक्रममा पोखरा पनि आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन बस्ने छन् । उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गर्ने गरी तयारी भैरहेको श्रोतले जनाएको छ ।

वैशाख २८ गते दुई दिनका लागि नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङ्गबाट फर्किने क्रममा पोखरामा घुम्ने योजना बनाएका थिए । पोखरामा त्यस अनुसारको तयारी पनि भइसकेको थियो तर समय अभावका कारण उनी मुस्ताङ्गबाट सिधै काठमाडौँ फर्केका थिए ।

२०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदीले जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारी थियो । बिमिस्टेकको अध्यक्ष नेपाल रहेको छ । यो क्षेत्रीय संगठनको सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटानका सरकार प्रमुख समेत नेपाल आउने छन् ।

कमेन्टहरु
Loading...