पत्रकारले मैत्रीभाव राखेर काम गर्नुपर्नेमा जोड

पोखरा, २५ माघ/नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्टले पत्रकारहरुले जवाफदेही पत्रकारितामा जोड दिनुपर्ने बताएका छन् । स्वतन्त्र पत्रकार संघ मकवानपुर शाखाको दोश्रो वार्षिक साधारणसभाको हेटौंडामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले पत्रकार जो जहाँ रहे पनि सबैले मैत्रीभाव राखेर काम गर्नुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष कौशल पाण्डेले सञ्चारकर्मी स्वतन्त्र र सामाजिक न्यायको पक्षमा रहनुपर्ने धारणा व्यक्त गरे । पत्रकारहरुले सामाजिक न्याय र उत्सुकतामा निरन्तरतामा दिनुपर्ने उनको भनाइ थियो । पत्रकार महासंघका मकवानपुर शाखा अध्यक्ष भानुभक्त आचार्यले महासंघ बलियो बनाउनु पर्ने बताए । कार्यक्रममा पे्रस युनियनका केन्द्रीय सदस्य राममणि दाहाल, क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रेस चौतारी मकवानपुरका अध्यक्ष शिवकुमार काशी, क्रान्तिकारी पत्रकार महासंघ मकवानपुरका सचिव केशव समर्पणले शुभकामना मन्तव्य व्यक्त दिएका थिए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष सुरेश श्रेष्ठले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मणिराज गौतमले आर्थिक प्रतिवेदन पेश गरे । कार्यक्रममा स्वतन्त्र पत्रकार संघकी उपाध्यक्ष दुदुमाया सिंतानले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । पोखरामा केन्द्रीय कार्यालय रहेको स्वतन्त्र पत्रकार संघको नौ जिल्लामा शाखा विस्तार भइसकेको छ भने मकवानपुर जिल्लाका डेढ दर्जन पत्रकार आवद्ध स्वतन्त्र पत्रकार संघमा नौ जिल्लाका तीन सय बढी पत्रकार आवद्ध छन् । मकवानपुरमा सुरेश श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति रहेको छ ।

कमेन्टहरु
Loading...