शैलेश थापा क्षेत्री प्रहरीका आइजिपी नियुक्त

काठमाडौं, २३ असार / शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गरेका बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

थापाले २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन् । शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए । क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एक हुन् ।

अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन् । थापा सँगै आइजिपीका लागि हरि बहादुर पालको पनि नाम चर्चामा थियो ।

कमेन्टहरु
Loading...