डायमन्ड उच्च मा.वि.को उत्कृष्ट नतिजा

पोखरा, ३१ साउन/उच्च माध्यमिक शिक्षा परिषद्द्वारा हालै प्रकाशित विज्ञान सङ्कायको कक्षा १२ को नतिजाअनुसार लेखनाथ–७, तालचोक कास्कीमा रहेको डायमन्ड उच्च मा.वि. ले जिल्लामै उत्कृष्ट सफलता प्राप्त गरेको छ । वि.सं. २०६३ मा उच्च माध्यमिक तह सञ्चालन गरेको यो विद्यालय पोखराबाहिर रहेर पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको विद्यालयको दाबी छ ।
शैक्षिक वर्ष २०६९ को वार्षिक परीक्षामा ४१ जना विद्यार्थी सहभागी भएकामा १० जना विशिष्ट र बा“की विद्यार्थीहरू प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भएका छन् । विद्यालयका मेधावी छात्र आदर्श लामिछानेले कूल पाँच सय पूर्णाङ्कमा चार सय ३३ (८६.६∞) अङ्क ल्याई कास्की जिल्लामै द्वितीय स्थान हासिल गरेका छन् ।
डायमन्ड उच्च मा.वि. गत वर्ष पनि समग्र नतिजाका आधारमा जिल्लाकै सर्वोत्कृष्ट उच्च मा.वि. बन्न सफल रहेको थियो ।
 

कमेन्टहरु
Loading...