पोखराको चरक अस्पताल पाँच दिनदेखि बन्द

पोखरा, २२ काक्तिक/पोखराको चरक अस्पतालमा पाँचै दिन पनि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द भएका छन् । अस्पतालमा काम कर्मचारीहरुले तलब वृद्धि लगायतका २३ बुदे माग राखेर आन्दोलनमा उत्रिदा पाँच दिन देखि आकस्मिक बाहेक सबै सेवा ठप्प छन् ।

पोखराका सबै हस्पिटलमा कार्यरत कर्मचारीभन्दा आफूहरुको तलब थोरै रहेको बताउदै कर्मचारीहरुले तलब तत्काल बृद्धिको माग गर्दै आन्दोलन गरेका हुन् । गएको साउन २५ गते आफूहरुले प्रशासन समक्ष २५ बुँदे मागपत्र पेश गरेता पनि अहिलेसम्म सुनुवाई नभएको कर्मचारीको भनाई छ ।

प्रशासनले भने साउनबाट १५ प्रतिशत तलब बृद्धि गरीसकेका कारण तलब बृद्धि गर्न नसकिने व्यवस्थापन पक्षले बताएको छ । आन्दोलनरत कर्मचारी र प्रसाशनबीच जिल्ला प्रशासन कार्यालय कास्कीमा वार्ता हुदैछ ।

कमेन्टहरु
Loading...