गृहमन्त्रीको आश्वासनपछि पूर्व सभासद् हकको अन्त्येष्टि गर्न परिवार सहमत

१० जेठ, काठमाण्डौं । पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको निष्पक्ष छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका आपन्त र छिमेकीहरुको माग पुरा गर्न गृहमन्त्री सहमत भएपछि हकको अन्त्येष्टि गर्न परिवार सहमत भएका छन् । हकको आफ्नो संस्कार अनुसार अन्तिम संस्कार गर्ने तयारी सुरु गर्न लागिएको परिवारजनले जानकारी दिएका छन् ।

sadrul-miyaचार दिनदेखि अवरुद्ध सडक सुचारु
यसैबीच सडक आन्दोलनमा उत्रिएका स्थानीयबासीले पनि आन्दोलन फिर्ता लिएर अवरुद्ध रहेको राजमार्गमा यातायात सञ्चालन हुन थालेको छ । गृहमन्त्री आएर हत्या प्रकरणको उचित छानविन गर्नुपर्ने लगायतका प्रतिबद्धता नगरेसम्म आन्दोलन जारी राख्ने भन्दै स्थानीयबासीले सडक आन्दोलन सुरु गरेका थिए । स्थानीयबासीको मागलाई मध्यनजर गर्दै आज विहान घटनास्थल पुग्नुभएका गृहमन्त्री माधब घिमिरेले परिवार तथा आफन्तसँग छलफल गरी हत्यको उचित छानविन गरी केही दिन भित्रै हत्यारा पत्ता लगाउने र पीडितका  माग पुरा गर्ने आश्वासन दिनुभएको थियो । गृहमन्त्रीको आश्वासनपछि चार दिनदेखि अवरुद्ध रहेको राजमार्ग सुचारु भएको छ । बन्दमा परेर सडकमै रहेको यात्रुबाहक तथा माहलबाहक सवारीका साधनहरु अहिले सुचारु भएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74164/#sthash.PRQyqC3u.dpuf

कमेन्टहरु
Loading...