जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानः बिहीबार र शुक्रबार भारी हिमपात हुने

पोखरा, २३ माघ /जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको अनुमान लागएको छ ।

महाशालाले बुधबार उच्च पहाड क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको भन्दै हिमपहिरो र पहिरोका सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सूचित गरेको छ ।

बिहीबार देशको अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा वर्षा हुनसक्ने देखिएकाले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन भनेको छ ।

जारी मिति : माघ २३ गते (बुधवार) साझ ६:०० बजे

माघ २३  गते (बुधबार)

राति : देशका पश्चिमि र मध्य लगायत पूर्वी पहाडि भेगमा सामान्य देखि पूर्ण  बदली र पूर्वी तराईमा आंशिक बदलि रहने देखिन्छ। पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा र मध्यका  केहि स्थानमा र पूर्वी पहाडि भेगका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना छ| साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगका धेरै स्थानहरुमा र पूर्वि हिमालि भेगहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

माघ २४ गते (बिहिबार)

दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। पश्चिमि र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र पूर्वि भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल संभावना देखिन्छ साथै पश्चिमि र मध्य भु-भागको थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने  मध्य र पश्चिमी  उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|


राति
 : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा  र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ|

माघ २५ गते (शुक्रबार)

दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|


राति
 : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

कमेन्टहरु
Loading...