शुक्रबार र शनिबार बर्षा र हिमात हुने, मौषमको यस्तो अनुमान

काठमाडौं, ५ असोज / बंगालको खाडीमा सामुद्रीक आँधी डायको नेपालमा पनि असर परेको छ । हिजो सुरू

भएको आँधी अहिले पश्चिमतिर बढिरहेको छ । असर स्वरूप भारतका विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी

भइरहेको छ ।

त्यसको असर नेपालमा पनि परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

भएकाले सजगता अपनाउनु आग्रह गरेको छ ।

असोज ५ गते (शुक्रबार)

दिउँसोः देशै भरि सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै

स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

असोज ६ गते (शनिबार )

दिउँसोः देशै भरि सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

रातिः देशै भरि सामान्य देखि पूर्ण बदलि भई पूर्व तथा पश्चिमका थोरै स्थानहरुमा र मध्यका एक वा दुई स्थानमा

हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

असोज ७ गते (आइतबार)

दिउँसोः देशका पश्चिमी भूभाग हरुमा सामान्य देखि पूर्ण बदलि र पूर्वी र मध्य भूभाग हरुमा आंसिक देखि सामान्य

बदलि को सम्भावना रहेको छ। देशका पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै

स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

रातिः देशै भरि सामान्य देखि पूर्ण बदलि भई पश्चिमी भूभागका केहि स्थानहरुमा र पुर्बी तथा मध्य भूभागका थोरै

स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

कमेन्टहरु
Loading...