‘हाईवे टु धम्पुस’ को अन्तिम छायांकन पोखरा

सागर राज तिमिल्सिना
पोखरा, १७ फागुन/हलिउड फिल्म ‘हाईवे–टु–धम्पुस’ को अन्तिम चरणको छायांकन पोखरा भैरहको छ । अमेरिकी निर्माता जोन डि विलियम्सले बनाएको ‘हाईवे टु धम्पुस’ लाई रिक म्याक फारल्याण्डले निदर्शेन गरेका छन् । करिब एक वर्ष पहिले चलचित्रको छायांकन गरिएको भए पनि अझ थप केहि सिन थप्नका लागि फेरी नेपाल आएको निर्देशक फारल्याण्डले बताए ।

तीन दिनको नेपाल आएको टोलीले पोखरा, धम्पुस र काठमाडौमा छायांकन हुने उनले बताए । पोखरा चलचित्रको अन्तिम क्लाईमेक्सको छायांकन भैरहेको छ । अन्तिम क्लाइमेक्समा देशभक्त खनालले अभिनय गरेका छन् । चलचित्र सन् २०१४ को जनवरीबाट फेस्टीबलमा भाग लिइ प्रर्दशनी शुरु गर्ने निर्देशक फारल्याण्डले बताए । अन्नपूर्ण आधारशिविरको पदमार्गमा पर्ने पोखराबाट करिब १५ किलोमिटर टाढाको धम्पुस गाउँको कथालाई चलचित्रले समेटेको छ ।

चलचित्रमा राजबल्लभ कोईराला, अमेरिकी गनर राईट नायक छन् । चलचित्रमा बेलायतकी रिचेल हर्ड उड अभिनेत्री छिन् । ती बाहेक सुयशा राना, देशभक्त खनाल र बाल कलाकार सयुश गुरुङको अभिनय रहेको छ । गनरले यसअघि अमेरिकामा लभ, डेडस्पेश लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । रिचेलले यसअघि परफ्युम, पिटर फेम लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । चलचित्रमा कास्कीको धम्पुस सहित सोलुखुम्बु बेलायत, अमेरिका र कुवेतमा केही दृष्य रहेका छन् । चलचित्रको ८५ प्रतिशत दृष्य नेपालकै रहेको निर्देशकले जानकारी दिए ।

धम्पुसमा गरिएको यस फिल्मको छायांकनले मुख्यतया नेपाली र अमेरिकी संस्कार बिचको सम्बन्धमा आधारी रहेको छ । चलचित्रमा नायक कोईरालाले हवाई जहाज पाईलटको भूमिकामा अभिनय गरेका छन् । यही चलचित्र पछि नायक कोइरालको ‘हलिउडमा जाने बाटो त खुलेको थियो ।

कमेन्टहरु
Loading...