मृगौलापिडित शिरशोभा तमुलाई करिब साढे ९ लाख संकलन

देवीजंग तमु
पोखरा, फाल्गुन २२/कास्की सार्दीखोला गा.वि.स वडा नम्वर ३ खादरजुङ्ग निवासी मृगौला पिडित शिरशोभा तमुको मृगौला प्रत्यारोपणका लागी तमु प्ये ल्हु संघ कुवेत शाखाबाट करिब १ लाख रुपैया सहयोग प्राप्त भएको छ । मंगलवार तमु प्ये ल्हु संघ केन्दि«य कार्यालय फलिना क्वोइवो परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा तमु प्ये ल्हु संघ कुवेत शाखाको सक्रियतामा कुवेतमा संकलित १ लाख २ हजार ३ सय ४५ रुपैया कुवेत शाखाका अध्यक्ष क्ष्योमान त्हार तमु र तमु प्ये ल्हु संघ केन्द«का कार्यवाहक क्याप्टेन रुप वहादुर गरब्ज तमुले संयुक्त रुपमा २५ वर्षिया मृगौलापिडित शिरशोभा तमुलाई हस्तान्तरण गर्नुभएको थियो ।

पछिल्लोक्रममा मृगौला पिडित तमुको उपचारको लागी हालसम्मा करिब साढे ९ लाख रुपैया सहयोग संकलन भइसकेको छ । उक्त अवसरमा शिरशोभा तमु उपचार सहयोग समितीका संयोजक मिन वहादुर तमुले कुवेत शाखालाई धन्यवाद दिदै शिरशोभा तमुको मृगौला उपचारका लागी सवैलाई आग्रह गर्नुभयो ।

त्यसैगरी तमु प्ये ल्हु संघ कुवेत शाखाका अध्यक्ष क्ष्योमान तमुले मृगौला पिडित शिरशोभा तमुलाई आफ्नो शाखाले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै शाखाका सम्पुर्ण कार्यसमिती तथा आर्थिक सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिनुभयो । तमु प्ये ल्हु संघ केन्दि«य समितीका कार्यवाहक अध्यक्ष रुप वहादुर गरब्ज तमुको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा तमु प्ये ल्हु संघ केन्दि«य प्ये छ्या संकलन संयोजक लेफ्नेन्ट इन्द« वहादुर केप्छै तमु, कास्की जिल्ला अध्यक्ष इन्द« वहादुर चोम्रु तमुले शिरशोभा तमुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नूभएको थियो ।

पिडित तमुलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले शिरशोभा तमु उपचार सहयोग समिती वा सिटी डेभलपमेण्ट बैक लिमिटेडको खाता नम्वर ००१०००२३९९१ बि मा रकम जम्मा गर्न सकिने समितीका संयोजक मिन वहादुर तमुले जानकारी दिनुभयो । पौष ३० गते मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचारकै क्रममा २५ वर्षिया शिरशोभा तमुको दुवै मृगौला पिडित भएको चिकित्सकहरुले जानकारी दिएपछि हप्तामा दुईपटक मणिपालमै हेमो डायलासिस गरिरहेको छ । आजको कार्यक्रममा तमु प्ये ल्हु संघ केन्दि«य कार्य समितीका कार्यालय सचिव शुक्रराज सर्वजा तमुले समन्वय गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...