सहयोगको याचना गर्दै विमला

पोखरा, ८ जेठ/दुवै मृगौलाले काम गर्न छाडेपछि लम्जुङ्ग तार्कु गाविस ३ कि २१ वर्षिया विमला गुरुङ्ग जिवन मरणको दोसाँधमा पुगेकि छिन् । मैयादेवी नर्सिङ्ग कलेज, बुटवलमा अध्यायनरत उनी हाल उपचारका लागि काठमाण्डौ पुगेकि छिन् । तर कमजोर आर्थिक अवस्थाको कारण उनको उपचार पनि हुन सकेको छैन । महाराजगंस्थित शिक्षण अस्पतालमा पुगेकि गुरुङ्ग परिवारले उनको उपचारका लागि खर्चको जोहो समेत गर्न नसकेपछि उपचारमा संल्घन डा.अपिलदेव न्यौपानेले पनि उनलाई सहयोगका लागि याचना पत्र लेखिदिएका छन् ।

उनको उपचारका लागि निर्मल केसीको अध्यक्षतामा विमला गुरुङ्ग मृगौला उपचारार्थ सहयोग संकलन समिति पनि गठन गरिएको छ । समितिले हाल उनका आफन्त र सहयोगीहरुबाट आर्थिक सहयोग संकलन गरेको छ । बाबु मोतीबहादुर गुरुङ्ग र आमा जयकला गुरुङ्ग पनि लाउला खाउँला उमेरकि छोरीको स्थिती विग्रदै जाँदा निकै दुखित बनेका छन् । मानवियताको नाताले पनि आफ्नी छोरीको जिवन रक्षाका लागि उनीहरुले याचना गरेका छन् ।

मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले उनको उपचारका लागि सहयोग गर्न चाहने सहयोगदाताहरुका लागि नेपाल कन्जुमर बैकमा खाता नम्वर ००३००६५६०क तथा सनराइज बैकमा ०२७०२०६१६७०११ नम्वरको खाता खोलिएको समितिले जानकारी दिएको छ । उनलाई सहयोग गर्नका लागि निर्मल केसीलाई मोवाइल नम्वर ९८४६०९९८३१ मा तथा पोखराका लागि लिला बहादुर गुरुङ्गलाई ९८५६० ३२५७७ नम्वरमा फोन गर्न सकिने पनि समितिले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...