जन्मजात दुवै हात नभएकी पवित्रालाई आर्थिक सहयोग

पोखरा १७ /जन्मजात दुबै हात नभएकी म्याग्दीकी सात वर्षिय पवित्रा बिक लाई यूके बाट प्रकाशित साप्ताहित पत्रिकाका प्रधान सम्पादक दुत वहादुर गर्बुजाले नगद ४० हजार सहयोग गरेका छन ।म्याग्दी नार्चिङ गाउकी सात वर्षिय वालिकाको दुवै हात नभएको र उनको परिवारको आर्थिक अवस्था कमजोर भएपछि उनको पढाइखर्चका लागी गर्बुजाले उतm रकम प्रदान गरेका हुन ।

आइतबार पोखरामा आयोजित कार्यक्रममा पबित्रालाई नगद हस्तान्तरण गर्दै गर्बुजाले दुबै हात नभएको ब्यातिmलाई केही सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले सानो भएपनि सहयोगको हात अगाडी वढाएको वताए ।उनले भने १८ महिना अगाडी म्याग्दी प्रबासी संघले म्याग्दीमा एम्बुलेन्स हस्तान्तरण गर्न आउदा सानो बच्चा त्योपनि दुवै हात नभएको देखेपछि केही रकम सहयोग गर्ने इच्छा जागेर आयो अनि मैले थोरै भएपनि रकम सहयोग गर्न पाए । उनले अपाङ्ग भएका ब्यातिmलाई सहयोग गर्न पाएको खुसी ब्यतm गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यतm गरे ।

कार्यक्रममा वोल्दै वालिका पवित्राकाकी आमा कृष्ण बिकले आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएको वताउदै गर्बुजाले प्रदान गरेको सहयोग रकमलाई पवित्राको पढाइ खर्चमा लगानी गर्ने वताइन ।कार्यक्रममा निलम कुमार गर्बुजा र सुवास पुनले ५ ५ हजार नगद सहयोग प्रदान गरेका थिए । जन्मजात दुवै हात नभएकी बालिका पवित्राले अहिले पोखरा १५ रामबजारमा रहेको एस ओ एसमा केजी कक्षामा अध्ययनरत छिन ।

कमेन्टहरु
Loading...