रौतहतको गरुडामा निःशुल्क शिबिर, ६ सय ९० जना लाभान्बित

गौर, रौतहट/रौतहत जिल्लाको स्थानीय गरुडा बजारमा भएको एक दिने निशुल्क स्वास्थ्य शिबिरमा ६ सय ९० जना बिरामी लाभान्बित भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी युनियन डिप्रोक्स लघुबित बिकास बैकको आयोजना र लायन्स क्लब अफ पोखरा पिस सिटिको बिशेष सहयोगमा गरुडामा भएको स्वास्थ्य शिबिरमा दलित, मुस्लिम, असहाय र गरिब समुदायका बिरामीहरुको स्वास्थ्य जाँच र औषधी बितरण गरेका थियो । स्वास्थ्य शिबीरमा डाक्टरहरु संयुक्त शाह, श्रुती शाह, एलिना श्रेष्ठ, अजिता श्रेष्ठ र पोखराका फिजिसियन असिम सुवेदी लगायतले शिबीरमा विरामीहरुको जाँच गरेका थिए । शिबीरमा जाँच गराउन आएका मध्ये एक सय जनामा महिनाबारी भएको दश दिन सम्म पनि रगत बगिरहने, तल्लो पेट दुख्ने, पाठेघर खसेको, सेतो पानी बग्ने, जस्ता बिरामी रहेको पाइएको कार्यक्रम संयोजक एबम युनियनका अध्यक्ष सुर्य बहादुर बिष्टले बताए ।

जचाउन आएका ६ सय ९० बिरामी मध्ये पाठेघर खस्नेमा ५० जना, महिनाबारी सकेपनि रगत बगिरहनेमा २० जना, तल्लो पेट दुख्ने र सेतो पानी बग्ने महिलाहरु लगायत ग्यास्टिक, रुघाखोकी, ज्वरो, ढाड कम्मर दुख्ने लगायत बिरामीको उपचार भएको जनाइएको छ । पाठेघर खसेका र महिनाबारी सकेपनि रगत बगिरहने बिरामीको थप उपचारका लागि नेशनल मेडिकल कलेज बीरगजमा रिफर गरिएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...