सय दिनमा स्वास्थ्य सेवा पाउने गरि काम गर्न स्वास्थ्य मन्त्री थापाको निर्देशन

पोखरा, २५ भदौ/स्वास्थ्य मन्त्री गगन थापाले विरामी भएर उपचारका लागि सरकारी अस्पतालमा आउने दिन दुःखी जनताको उपचार सेवालाई परिणाममुखी हुने गरी काम गर्न स्वास्थ्यकर्मीहरुसंग आग्रह गरेका छन् ।

पश्चिमान्चल क्षेत्रिय अस्पतालको हातामा निर्माण हुन लागेको प्रसुती वार्ड भवनको पोखरामा शिलान्यास गर्दै उनले १०० दिन भित्र सुधारको अनुभूति हुने काम गरि काम थाल्न स्वास्थ्यकर्मि आग्रह गरे । उनले त्यसका लागि आवश्यक सहयोग मन्त्रालयले जस्तो सुकै सहयोग गर्ने बताए ।

मन्त्री थापाले कुन कुन चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने पालो हो, कुन कुन सेवा दिन सकिन्छ र कुन कुन कोठामा स्वास्थ्य परीक्षण हुन्छ , कुन सेवा अस्पतालले उपलव्ध छन् भन्ने सूचना लेखेर कोठा वाहिर टांस्ने र सूचना दिने परिपार्टीको विकास गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

अस्पतालमा नपुग भौतिक सुविधा उपलव्ध गराउन मन्त्रालय तयार रहेको जानकारी गराउंदै उनले तर अभाव देखाएर नागरिक स्वास्थ्य सेवा पाउनवाट बन्चित नगर्न अस्पताल प्रशासनलाई आग्रह गरे । मन्त्री थापाले पश्चिमाञ्चल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बताउने कामलाई अघि बढाइने बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरीटेण्डेन्ट डा श्रीकृष्ण श्रेष्ठले अस्पतालका गतिविधि बारे जानकारी दिएका थिए । प्रसूती वार्ड भवन ३३ करोड ८७ लाख ९८ हजार ६८ रुपैयाको लागतमा आगामी तीन वर्ष भित्रमा निर्माण सम्पन्न गरिने योजना छ ।

कमेन्टहरु
Loading...