श्रीमती हत्या गरी पोखरामा लुकीछिपी बसेका बिक पक्राउ

काठमाडौं, २७ कार्तिक /श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्ति पोखराबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको कानपुर गाविस–२ का ३२ वर्षीय रामलाल विश्वकर्मा छन् । काठमाडौंको जोरपाटी नयाँ बस्तीमा डेरा गरी बसेका बेला उनले १८ वर्षीया श्रीमती रविना बिकलाई हतियार प्रहार गरी हत्या गरेका प्रहरीको आरोप छ ।

कर्तव्य ज्यान मुद्दाको अनुसन्धानपछि उनलाई पोखरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जले जनाएको छ ।

घटना कहिले र पक्राउ बारे पनि थप जानकारी प्रहरीले दिएको छैन । उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...