पुतली जहाजबाट पोखरा हेर्दै हरिवंश फोटो (फिचर सहित)

रेम बिक
पोखरा, २६ भदौ /पोखरा घुम्नु आफैमा रमाइलो हो । त्यस माथी पनि पोखरालाई आकाशबाट हेर्नुको मज्जा कस्तो हुन्छ ? पक्कै पनि निकै मज्जाको अनुभव हुन्छ । मगंलबार विहानै कलाकार हरिवंश आचार्यले पोखरालाई आकाशबाट अवलोकन गरे । आकाशमा कावा खाँदै पोखरालाई हेर्न पाउँदा कस्तो अनुभव भयो त हरिवंशलाई ? ‘प्रकृत पोखरालाई आकाशबाट हेर्दा स्वर्गको कल्पना गरेँ’ पुतली जहाजमा उडेर पोखरा परिक्रमा गरिसकेपछि हरिवंशको प्रतिक्रिया यस्तो थियो । हरिवंशसहित उनकी पत्नि रमिलाले पनि हावामा कावा खाँदै पोखरालाई हेरेर भरपुर आनन्द लिईन् । हरिवंश दम्पत्तीले पुतली जहाजको उडान निकै रमाईलो भएको बताए ।
हरिवंशको जीवनकथा ‘चिना हराएको मान्छे’को अँग्रेजी सँस्करणको तयारी भैरहँदा पोखरामा विभिन्न कार्यक्रमका लागी पोखरा आएका उनि पोखरा अल्ट्रालाईट प्रालिले आकाशबाट पोखरा हेर्ने मौका जुराईदिएको थियो । पोखराको आकाशमा हरिवंश जोडीलाई विशेष अतिथिको रुपमा शयर गराईएको पोखरा अल्ट्रालाईट प्रालिका पोमनारायण श्रेष्ठले बताए ।DCIM100GOPRO
दक्षिण एशियामै पोखरा अल्ट्रालाईट उडानको लागि प्रख्यात छ । पोखरामा एभिया क्लबले पनि अल्ट्रालाईटको उडान गर्दै आएको छ । व्यवसायीहरुले दिएको जानकारी अनुसार पोखराको आकाशमा वर्षेनी हजारौ पयर्टकले पुतली जहाजमा चढेर हावामा कावा खाँदै पोखराको सुन्दरतालाई नियाल्छन् । एड्भेन्चर पर्यटनको केन्द्र हुँदै गएको पोखरालाई आकाशबाट हेर्नका लागि विशेषगरि प्याराग्लाईडिङ र पुतली जहाजको प्रयोग हुँदै आएको छ । पछिल्लो सयममा चाइनी र भारतीय पर्यटक यस्कै लागी पोखरमा आउने गरेको व्यवसायी बताउछन् । उनिहरुको पहिलो रोजाइ अल्ट्रालाइट हुने गरेको छ ।
Hari Bansha Acharya (2)
DCIM100GOPROHari Bansha Acharya (1)
 

कमेन्टहरु
Loading...