हेमजा आलु महोत्सव–२०७५ को तयारी तिव्र, किसान आलु खन्न ब्यस्त

हेम्जा, २६ फागुन /दशौ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तिव्र पारिएको छ । चैतको अन्तिम साता हुने महोत्सवको तयारी तिव्र पारिएको आयोजक संस्था विष्णुपादुका युवा क्लव हेमजाले जनाएको छ ।

“सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ सञ्चालन हुने महोत्सव २०७५ चैत २२ देखि २०७६ बैशाख १ गते सम्म विष्णुपादुका खेल मैदानमा हुनेछ ।

यसै गरी आलु महोत्सवको तयारी भइरहेको बेला अहिले हेमजाका किसान भने आ—आफनो खेतमा काम गर्न ब्यस्त भएका छन् । यसरी यहाका किसान आलु खन्न लागि परेका छन् । महोत्सवको तयारी भइरहदा किसानलाइ भ्यइ नभ्याइ भइरहेको छ ।

यसरी किसानले दुःखका साथ आलु उत्पादन त गरेका छन तर किसानले उचित मुल्य भने पाउन सकेका छैनन् । आलुमा मात्र नभइ अन्य तरकारीमा पनि उचित मुल्य पाउन नसकेको हेमजाका किसानको गुनासो रहेको छ ।

कमेन्टहरु
Loading...