हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन, बिहीबार सार्वजनिक बिदा

काठमाडौं, १५ फागुन /मन्त्रिपरिषद् बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा सबैजनाको घटनास्थलमै मृत्यु भएको हो । सरकारले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेका छ । बैठकले मन्त्री अधिकारीको शव काठमाडौं ल्याएपछि उनको राजकीय सम्मानका साथ बिदाइ गर्ने भएको छ ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरु

रविन्द्र अधिकारीः मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पाः अध्यक्ष यति एयरलाइन्स
उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरणः वीरेन्द्रप्रसाद श्रेष्ठ
अर्जुनकुमार घिमिरेः मन्त्री अधिकारीका पिएसो

युवराज दाहालः प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभयाः इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेनः प्रभाकर केसी

कमेन्टहरु
Loading...