हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना

हुम्लाको मुचु गाविसस्थित दुम्कोटमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हिल्साबाट सिमीकोटका लागि उडेको हेलिकोप्टर कर्णाली नदीको बीचमा टापुको रुपमा रहेको दुम्कोटमा दुर्घटना भएको हो । 

हेलिकोप्टरमा चालक दलसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार हेलिकोप्टरबाट तीन जना बाहिर निस्किएका भएपनि अरुको उद्धार हुन सकेको छैन । मानसरोवर घुम्न गएको बेला बाढीका कारण फँसेका  यात्रुहरुको उद्धारको लागि गएको हेलिकोप्टर यात्रुहरु लिएर फर्किँदै गर्दा दुर्घटनाग्रस्त भएको स्थानीयवासी तथा प्रत्यक्षदर्शी बुद्धी रोकायाले बताएका छन् । अहिले उद्धारको लागि प्रहरीको टोली हेलोकोप्टरमार्फत घटनास्थलतर्फ लागेको छ । cp.
कमेन्टहरु
Loading...