गोर्खाली रेडियो म्यूजिक अवार्डको सम्पुर्ण तयारी पुरा

पोखरा, १३ बैशाख/ “आफ्नोपन आफ्नो पहिचान, सबल नेपाल हाम्रो अभियान” भन्ने नारा सहित स्थापित गोर्खाली रेडियोले आफनो दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रबि अटोमोबाइल्स पियाजियो तथा भेस्पा प्रथम गोर्खाली म्यूजिक अवार्डको सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपालमै पहिलो पटक लोकदोहोरी गितको विद्यालाई मात्रै समेटेर बैशाख १४ गते दिउसो २ बजे देखी हुने म्यूजिक अवार्ड प्रदान कार्यक्रमका सम्पुर्ण तयारी पुरा भएको विहीबार रेडियोले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । रेडियोले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा सर्वोकृष्ट गायन पुरुष, सर्वोकृष्ट गायन महिला, सर्वोकृष्ट शब्द सिर्जना, सर्वोकृष्ट लय सिर्जना, सर्वोकृष्ट नव गायक, सर्वोकृष्ट नव गायीका, सर्वोकृष्ट दोहोरी गीत, सर्वोकृष्ट लोक गीत, सर्वोकृष्ट संगाीत संयोजन एरेन्जर, सर्वोकृष्ट सा्रेता छनौटका गीत, सर्वोत्कृष्ट भाषाभाषीका गीत, सर्वोत्कृष्ट पर्यटन प्रर्बद्धन गीत लगायत विधामा अवार्ड प्रदान गरिने रेडियोका स्टेशन म्यानेजर सञ्जय मल्लले जानकारी दिनुभयो ।

उहाँले मनोनयनका अलावा संगीतका अन्य बिधामा सर्वोत्कृष्टका आधारमा सम्मान सहित अवार्ड प्रदान गरिने पनि जानकारी दिनुभयो । जसमा सर्वोत्कृष्ट सुगम संगीत गायन सम्मान पुरुष , सर्वोत्कृष्ट सुगम संगीत गायन सम्मान महिला, सवोत्कृष्ट गजल गायन सम्मान, सवोत्कृष्ट पप गायन सम्मान, सर्वोत्कृष्ट फिल्मी गीत संगीत सम्मान, मोफसल संगीत सम्मान गरिने बताउनुभयो ।

म्युजिक अवार्डमा लोकदोहोरीका विभिन्न १० र भाषाभाषि तथा पर्यटन गीतका गरि १२ ओटा विद्यामा अवार्ड वितारण गरिने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै मनोनोयनमा पर्न सफल तथा लोक दोहोरी प्रतिष्ठान गण्डकीका अध्यक्ष चोलेन्द्र पौडेलले रेडियोले लोक दोहोरी तर्फ अवार्ड वितारण गरेर लोक गितको सम्मान गरेको बताउनुभयो ।
उहाँले कलाकारका निमिक्त अवार्ड नै सबैभन्दा ठुलो सम्मान रहेको भन्दै कलाकारको हौसाला प्रदान गरेको बताउनुभयो । त्यसैगरि सर्वोकृष्ट नवप्रतिभा विधामा पर्न सफल तथा लोक दोहोरी प्रतिष्ठान कास्कीका सचिव रामजी पौडेल, सुरेन्द्र सुनार, सरस्वाति लामीछाने लगायतले रेडियोले प्रदान गर्न लागेको अवार्ड कार्यक्रम निश्पक्ष हुनुपर्नेमा जोड दिदै पुर्ण सफलताको कामाना गर्नुभयो ।

रेडियोले अवार्डमा मनोनयानमा परेका सम्पुर्ण गित तथा कलाकारहरुको नाम सार्वजनीक गरिसकेको छ । त्यस्तै कार्यक्रममा विभिन्न ६ विद्यामा सर्वोत्कृष्टका आधारमा सम्मान सहित अवार्ड प्रदान समेत गरिने छ । सम्मान गर्ने विद्याहरुमा सर्वोत्कृष्ट सुगम संगीत गायन सम्मान महिला ÷पुरुष,सवोत्कृष्ट गजल गायन सम्मान, सवोत्कृष्ट पप गायन सम्मान, सर्वोत्कृष्ट फिल्मी गीत संगीत सम्मान,मोफसल संगीत सम्मान, तथा दिर्घ सेवा सम्मान रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रलाई हो हो माले हो हो को हुँकार सहित लोक गीतको माध्यम बाट चिनाउन सफल जनकबिकेशरी धर्मराज थापा दिर्घसेवा सम्मान अर्थात‘लाईभ टाईम एचिवमेन्ट अवार्ड’ बाट सम्मान गरिने रेडियोका अध्यक्ष मिना गूरुङ्गले जानकारी दिनुभयो ।

लामो समय सम्म नेपाली लोक गीतको क्षेत्रमा एक चम्किलो नक्षेत्रको रुपमा रहेका थापालाई उहाँको यस क्षेत्रमा रहेको योगदानको कदर गर्दै ‘ लाईभ टाईम एचिपमेन्ट अवार्ड’प्रदान गर्न लागिएको उहाँले बताउनुभयो । २०२६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा सह सदस्य मनोनीत, थापा २०२५ मा इन्द्रराज्यलक्ष्मी पुरस्कारको साथै पद्य साहित्यतर्फ मंगली कुसुम गीति काव्यलाई मदन पुरस्कार प्राप्त गरि सक्नुभएको छ ।

 

कमेन्टहरु
Loading...