ब्यवसायीक अनुमतिपत्रको लागि विद्युतीय पोर्टल

पोखरा, २५ असार/सरकारले ब्यवसायीक अनुमतिपत्र विद्युतीय पोर्टलबाटै लिने ब्यवस्था मिलाएको छ । यो ब्यवस्थासँगै अब लाइसेन्सपोर्टल डट जिओभी डट एनपीमा गई आफूले चाहेको जुनसुकै ब्यवसाय दर्ता गर्न सकिने भएको छ । नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयले राष्ट्रिय सूचना प्रविधी केन्द्रसँगको सहकार्यमा विद्युतीय पोर्टल तयार पारेको हो ।

ब्यवसायीहरुले ब्यवसायीक अनुमतिपत्र लिन विभिन्न झन्झट ब्यहोर्नु परेको गुनासो गरेका बेला एउटै पोर्टलबाट ३९ वटा विभिन्न सरकारी कार्यालयले दिने सेवा दिनेछ । अहिले नेपालमा विभिन्न खाले उद्योग तथा सेवा दर्ता गर्ने ३९ वटा नियमन निकायहरु रहेका छन् । त्यसैगरी पोर्टलबाट १ सय ३० खालका ब्यवसाय दर्ता गर्न सकिने प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यालयका सहसचिव लालशंकर घिमिरेले जानकारी दिए ।

अनलाइन पोर्टलबारे पोखरेली उद्योगी÷ब्यवसायीलाई जानकारी दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय, नेपाल उद्योग बाणिज्य महासंघ तथा पोखरा उद्योग बाणिज्य संघ एवं राष्ट्रिय सूचना प्रविधी केन्द्रको आयोजनामा मंगलबार पोखरामा अन्तरक्रिया कार्यक्रम ग¥यो । कार्यक्रममा घिमिरेले सरकारी नियमहरु सहज नभएको बेला पोर्टलले ब्यवसायीको समय र पैसा बचत हुने विश्वास व्यक्त गरे ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले सूचना प्रविधीलाई ब्यवसायीहरुले आत्मसात गर्नुपर्नेमा जोड दिँदै सरकारी प्रयासको पनि प्रंशसा गरे । कार्यक्रममा राष्ट्रिय सूचना प्रविधी केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटा, सहायक निर्देशक सुनिल पौडेल,नेपाल उद्योग बाणिज्य महासंघका उद्योग समिति अध्यक्ष दीनेश श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष देवकुमार श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष ईश्वर कर्माचार्य, महासचिव नारायण कोइराला लगायतले पोर्टलका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...