गोरखामा ओढारमा १६ केजी सुन भेटियो

गोरखा, ९ साउन /गोरखामा ओढारभित्र लुकाएको १६ किलो सुन बरामद भएको छ ।

धार्चे गाउँपालिका ३ को र्लाबेंसी ओढारमा लुकाएको १६ किलो सुन फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

बरामद भएको सुन चिनियाँ नाका हुँदै नेपालतर्फ भित्र्याएका हुन सक्ने प्रारम्भिक अनुमान गोरखा प्रहरीले गरेको छ ।

कासीगाउँ प्रहरी चौकीका अनुसार गएको असार ११ गते रातीदेखि हराइरहेका गोरखाको चुमनुव्री गाउँपािलकाका धनकमल गुरुङले लुकाएको हुन सकने बताएको छ ।

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि गुरुङले ओढारमा लुकाएर भागेका थिए ।

प्रहरीले गुरुङलाई हिजो काठमाडौंबाट पक्राउ गरेपछि उनकै सूचनाका आधारमा प्रहरीले सुन बरामद गरेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...