गोपाल खड्कालाई काममा फर्काउन सर्वोच्चको आदेश

काठमाडौं,  २२ असोज / जग्गा खरिदमा ब्यापक भ्रष्टाचार गरेको आरोपमा सरकारले बर्खास्त गरेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई काममा फर्काउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आइतबार​​ खड्कालाई बर्खास्त गर्ने निर्णय तत्कालका लागि कार्यान्वनयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले खड्कालाई बर्खास्त गर्ने सरकारको निर्णय न्यायसंगत नभएको भन्दै उनलाई काममा फर्काउन पनि आदेश दिएको छ । नेपाल आयल निगमका लागि देशका विभिन्न ठाउँमा जग्गा खरिद गर्ने क्रममा निकै ठूलो भ्रष्टाचार गरेको आरोप खड्कामाथि लागेको छ ।पेट्रोलियम पदार्थ भण्डार स्थल बनाउनका लागि जग्गा किन्दा अनियमितता गरेको आरोपमा सरकारले खड्कालाई असोज २ गते पदबाट हटाएको थियो ।त्यसको दुई दिनपछि खड्काले पुनर्वहालीको माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले खड्कालाई स्पष्टिकरण समेत नसोधी सिधै वर्खास्त गर्ने निर्णय गरेको थियो । त्यो कमजोरीमा टेकेर खड्काले आफ्ना कुरा भन्ने मौकासमेत नदिई सरकारले वर्खास्त गरेको भन्दै पुनर्वहालीको माग राखेर रिट हालेका थिए । आफू चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएकाले २०७५ साल माघसम्म काम गर्न पाउने पर्ने खड्काको माग थियो ।  संसदका समितिहरुको छानविनले समेत खड्काले चल्तीको मूल्य भन्दा निकै बढी मूल्य तिरेर भ्रष्टाचार गरेको ठहर गरेका थिए ।

कमेन्टहरु
Loading...