गुन्डा अशोक लामामाथि प्रहरीको गोली प्रहार

काठमाडौं, २८ जेठ/काठमाडौंको शंखमुलस्थित यूएन पार्क गुन्डा नाइके अशोक लामालाई प्रहरीले गोली प्रहार गरेको छ । मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली यूएन पार्क पुगेपछि प्रहरी टोलीमाथि जाइलागेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

एउटा गोली लागे लागेको लामाको वीर अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ । लामा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।

कमेन्टहरु
Loading...