गोली प्रहार गरि विद्यालयका अध्यक्षको हत्या

काठमाडौं, ४ असोज / सुनसरीको भुटाहामा रहेको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्षको गोली हानी

हत्या गरिएको छ । भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिले नेसनल बोर्डिङ स्कुलका व्यवस्थापन समिति

अध्यक्ष खुर्सिद आलमको गोली हानी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार बिहीबार बिहान सुनसरी हरिनगर २ का स्थायी बासिन्दा आलम माथि गोली हानेका थिए । गोली

लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । वृद्धबजारबाट झुसी जाने बाटोमा

हिँडिरहेका बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको प्रहरीको भनाई छ । आलमलाई गोली हानेर भाग्दै

गरेका हतियारधारीले प्रहरीमाथि पनि गोली चलाएका थिए ।

कमेन्टहरु
Loading...