ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौ, ११ माघ । आज (बिहीबार) सुनको मुल्य ह्वात्तै बढेको छ । प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

बुधबार सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

कमेन्टहरु
Loading...