साढे ३३ किलो सुन काण्डको भिडियो बिहिरोयो

काठमाडौं, ३ वैशाख /नेपाल अहिले चर्चामा रहेको साढे ३३ केजी सुन हराएपछि चुडामणि उप्रेती ‘गोरे’सहितको समूहले तस्करीमा संलग्नहरुलाई याताना दिएको भिडियो सार्वजनीक भएको छ ।

सुन हराएपछि गोरेले तस्करीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर विभिन्न ठाउँमा लगेर यातना दिदै सोधेको छ । गोरेले यातना दिने क्रममा भिडियो समेत खिचेका थिए । त्यही क्रममा सन शाक्यको मृत्यु भएपछि सुन तस्करी सार्वजनिक भएको थियो ।

सुन तस्करीको मुद्दा अहिले जिल्ला अदालत मोरङमा बहस जारी छ । ३० वैशाखामा थुनछेक बहसका क्रममा यो भिडियो देखाउन खोजिएको पनि थियो । तर, अभियुक्त पक्षका कानुन व्यवसायीहरुले विरोध गरेपछि भिडियो रोकिएको थियो ।

भिडियोमा गोरे समूहले उर्लाबारी, धरान लगायत विभिन्न ठाउँमा यातना दिएको देख्न सकिन्छ । भिडियोमा गोरेले सनम शाक्य लगायतलाई करेन्ट लगाएको यातना दिएको देखिन्छ । उर्लाबारी नगरपालिका–१, कान्छीचौकदेखि उत्तरतर्फ तीन किलोमिटरभित्रको घना जंगलमा सनम शाक्य लगायतलाई यातना दिइएको थियो ।

तीन जनालाई हातखुट्टा बाँधेर भुइँमा लडाएपछि ब्याट्री र तार प्रयोग गरेर करेन्ट लगाइएको थियो । गोरे समूहका मोहन काफ्लेले कुटपिट गर्दै ‘सुन कहाँ छ भन्छस भने भन् नत्र यही पेट्रोल समेत खन्याई जलाएर मारिदिन्छु’ भन्दै यातना दिएको समेत खुलेको छ ।

उनीहरुले कान्छी चोकमा पाइपले कुट्दै करेन्ट लगाउँदा सनमको मृत्यु भयो । लगतै गोरेले प्रहरी अधिकारीलाई लाश व्यवस्थापन गर्न ‘५ करोड’ को अफर गरेका थिए ।

त्यसक्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली पूर्व गएको थियो र, धरानबाट शव बरामद गरेको थियो । यद्यपि, घटना सार्वजनिक गर्दा बिराटनगरमा बरामद भएको बताइयो । र, पक्राउ परेकाहरुले आफैं समेत पीडित भएको बयान दिएपछि छानबिन गर्न सरकारले समिति गठन गरेको थियो । त्यसक्रममा गोरे समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो ।

सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको छ । जसमा बहालवालासहित ९ प्रहरी अधिकारी छन् । साभारः अनलाइन खबर डटकम

https://www.facebook.com/bibekg39/videos/pcb.10213883061705193/10213883061025176/?type=3&theater

 

https://www.facebook.com/bibekg39/videos/pcb.10213883061705193/10213883660520163/?type=3&theater

https://www.facebook.com/bibekg39?hc_ref=ARSl6xk7KSzgUGrwTnZtFPSoVZAuslEiATawn0UxD_MB5KqkIIdR_aGeSG3vLtE_Wio&fref=nf

 

https://www.facebook.com/bibekg39/videos/pcb.10213883061705193/10213883066705318/?type=3&theater

 

https://www.facebook.com/bibekg39/videos/pcb.10213883061705193/10213883660520163/?type=3&theater

 

गोरे समूहले सुन हराएपछि यसरी दिएको थियो यातना (भिडियो)

कमेन्टहरु
Loading...