गोल्डेन सहकारीको अध्यक्षमा सापकोटा

पोखरा– सृजनाचोकस्थित गोल्डेन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गुडाखर सापकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । सहकारीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले ९ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको हो । समितिको उपाध्याक्षमा बालकृष्ण बराल, सचिवमा कृष्णप्रसाद पोख्रेल, कोषाध्याक्षमा गोपालबहादुर गुरुङ चयन भएका छन । यसैगरी सदस्यहरुमा नारायणप्रसाद ढकाल, नरबहादुर घर्ति, राजेशकुमार घिमिरे, कमला भुजेल र बीना गुरुङ रहेका छन । त्यस्तै लेखा समितिमा भरतराज बराल संयोजक तथा मोतिप्रसाद पौडेल र शंकर पाण्डेय सदस्य छन । यसअघि अधिवेशन तथा साधारण सभाको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष मिनराज कडेलले उद्घाटन गर्दै सहकारीहरु ब्यवसायीक हुनुपर्नेमा जोड दिए । ‘संख्या भन्दा पनि सहकारीको सेवा सुविधामा गुणस्तर ल्याउनु पर्छ’, कडेलले भने ।
कार्यक्रममा कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले पनि सहकारीको मर्म र भावना अनुसार चल्न सबैसंग अनुरोध गरे । सहकारीले ल्याउन खोजेका केही नीतिहरु सहकारी अनुरुप नभएको गुरुङको भनाई थियो ।
साधारणसभाले अध्यक्ष गुडाखर सापकोटाद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन तथा कार्यक्रम, लेखा समितिको प्रतिवेदन, कोषाध्याक्षको प्रतिवेदन तथा लेखा परीक्षण, ऋण उपसमितिको प्रतिवेदन, शिक्षा उपसमितिको प्रतिवेदन पारित गरेको थियो ।
उक्त अवसरमा संस्थाले उच्च शिक्षा हासिल गरेका शेयर सदस्य तथा एसएलसी र प्लसटु उत्तीर्ण उनीहरुका छोराछोरीलाई सम्मान तथा बढी अंक ल्याउनेलाई पुरस्कृत गरिएको संस्थाका प्रबन्धक ऋषिराम पौडेलले बताए । चुक्ता पू“जी २ करोड ४ लाख ७६ हजार रहेको सहकारीको गत आबसम्म ३ करोड ६८ लाख ३३ हजार १ सय ९८ निक्षेप र ४ करोड ८६ लाख ५५ हजार ५ सय ५५ रुपैया“ लगानीमा रहेको छ । संस्थाले तर्जुमा गरेको त्रीबर्षिय रणनीतिक योजनासमेत साधारण सभाले पारित गरेको थियो ।
 

कमेन्टहरु
Loading...