सुनको मूल्य फेरि ३ हजार घट्यो, अव तोलाको ४९ हजार ५ सय

३ बैशाख, काठमाण्डौ । सुनमा मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ । सोमबार प्रतितोला ३ हजार ३ रुपैयाँ घटेको सुनको मूल्य आज थप ३ हजार रुपैयाँ घटेर प्रतितोला ४९ हजार ५ सय २ रूपैयाँ कायम भएको छ ।सोमबार  अन्तर्राष्ट्रिय बजारमा प्रति औंस एकहजार चारसय ५० डलरमा कारोबार हुादा नेपाली बजारमा सुन तोलाको ५२ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो ।

gold मंगलबार भने प्रति औंस एकहजार ३ सय २७ औंसमा कारोबार हुँदा भएको एकसय २३ डलर घट्ने हुँदा नेपाली बजारमा प्रति तोला ४९ हजार पाँच सय दुर्इ रूपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

सुनको मूल्य निरन्तर ओरालो लागेपछि आफूहरुलाई भने धेरै घाटा हुने सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष मणि रत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो ‘यसरी भाउ घट्ने हो भने हाम्रो व्यापार त बाढीले बगाए बराबर हुन्छ ।’ ब्यबसायीले बढी मूल्यमा किनेको सुन सस्तोमा बेच्नुपर्ने अवस्था आएको शाक्यले बताउनुभयो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...