बुद्ध एयरले मलाई त छाड्यो अरुलाई के गर्छ– मन्त्री बाँस्कोटा

काठमाडौं, ४ बैशाख /सुचना, सञ्चार तथा प्रविधिमनन्त्री गोकुल बास्कोटाले बुद्ध एयर आफुलाई छाडेको प्रति आक्रोस व्यक्त गरेका छन् ।

बुद्ध एयर मार्फत भैरहवाबाट काठमाडौं जाने क्रममा जहाजले मन्त्री बास्कोटालाई नकुरी उडेपछि आक्रोशित बनेका हुन् । मन्त्री बाँस्कोटा सोमबार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा हुदै काठमाडौ जाने कार्यक्रम रहेको थियो ।

मंगलबार बिहान बुटवलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री बास्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाड उडायो, मलाई छाडेर गयो ।’

मन्त्री बास्कोटाले ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दुःख दियो । लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । विज्ञापनको पछाडि मात्र नलागौं ।’

सञ्चारमन्त्री बाँस्कोटा छुटेको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको स्पष्ट पारेको हो ।

विज्ञप्तिमा भनिएको छ, ’वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नम्बरको ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गरेका थिए ।

मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्थ्यो ।’

सुरक्षित र सकभर समयमै उडान भर्नु बुद्ध एयरको पहिलो दायित्व भएकाले व्यवस्थापनको निर्णयअनुसार सो उडान वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडेको र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

कमेन्टहरु
Loading...