जापानमा जेल परेका मैनालीलाई ६ करोड क्षतिपूर्ति

काठमाडौं, जेठ १० (सेतोपाटी)

जापानकी एक महिलाको बलत्कार गरी हत्या गरेको झुठो अभियोगमा १५ वर्ष थुनामा परेका नेपाली नागरिक गोविन्द मैनालीलाई करिब ६ करोड रुपैयाँ (६ करोड ८० लाख येन) क्षतीपूर्ती पाउने भएका छन् । जापानको टोकीयो अदालतको फैसला अनुसार मैनालीले उक्त्त क्षतिपूर्ति पाउन लागेका हुन् ।

resize_image (2)‘म निर्दोष रहदाँ रहदै १५ वर्षसम्म सजाय भोग्नुपरेवापत अदालतले मैले मागेअनुरुप नै क्षतिपूर्तिको फैसला गरिदिएको हो,’ मैनालीले सेतोपाटीलाई भने, ‘फैसला कार्यान्वयनको प्रक्रिया पूरा भएर कहिले रकम हात पर्छ अहिले नै भन्न सकिन्न ।’ मैनालीका अनुसार उनका जापानी कानुन व्यवसायीले त्यो रकम प्राप्त गर्न प्रक्रिया मिलाइरहेका छन् ।

जापानी कानुन अनुसार निर्दोष व्यक्तिले अनाहकमा जेल बस्नुपर्दा पाउने क्षतीपूर्तीको सबैभन्दा ठूलो रकम यहि हो । बलात्कार र हत्याको अभियोगमा १५ वर्ष सजाय भुक्तान गरेपछि उनले ९ महिनाअघि मुद्दा जितेका थिए । त्यसको केहि महिनामा क्षतीपूर्ती माग गर्दै उनी फेरी अदालत गए । उनको माग अनुसार नै फैसला भएको छ ।

मैनालीलाई क्षतिपूर्ति दिने विषयमा फेबु्रअरीमै अदालतले फैसला गरेको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् । तर सरकारले त्यसको कार्यान्वयन गरि मैनालीकै हातमा रकम दिन अझ केहि साता लाग्नेछ । विनाकसुर जेल राखेमा दैनिक १ हजार देखि १२ हजार पाँच सय येनको दरले क्षतिपूर्ति दिनुपर्ने जापानी कानुन छ । उनलाई जापानको सर्वोच्च अदालतले २००३ मै निर्दोष रहेको फैसला गरेपनि पुनः जिल्ला अदालतले पक्राउ गरी हिरासतमा राखेको थियो । cp.

कमेन्टहरु
Loading...