श्रमीकका छोराछोरीको लागि हेमजाको मसिनाबगरमा बिद्यालय स्थापना हुने

सागर राज तिमिल्सिना
पोखरा १३, माघ/नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, नेपाली प्रवासी श्रमीक एकिवद्धक्ता केन्द्र, होप एण्ड सोलीडारीटी ट्रेड युनियन कोरीयाको संयुक्त सहयोगमा कास्कीको हेमजा १ मसिनाबगरमा श्रमीकका छोराछोरीहरुकोे लागि बिद्यालय निमार्ण हुने भएको छ । करीब २५ लाखको लागतमा श्रमीक होप प्राथमिक बिद्यालय भवन निमार्ण हुने भएको जिफन्ट गण्डकी धौलागीरी अध्यक्ष मिना गुरुङले बताईन ।

आगामी चैत्र महिना भित्र ४ कोठे पक्की भवन निमार्ण हुने भएको छ । श्रमीकका छोराछोरीहरु बिद्यालय नजिक नभएका कारण शिक्षाको पहुचबाट टाडा रहेकोले भवन निमार्ण गर्न लागेको जिफन्टले जनाएको छ । विद्यालयमा पहिलो बर्षमा डे केयरको रुपमा तथा शिशु स्यारकेन्द्रको रुपमा स्थापना गरी विस्तारै कक्षा बढाउदै लैजाने योजना भएको बिद्यालय निमार्ण व्याबस्थापन समितिका संयोजक संजीव चापागाईले बताए ।

श्रमीकका छोराछोरीको लागि हेमजाको मसिनाबगरमा बिद्यालय स्थापनाका लागी आयोजीत कार्यक्रममा सहभागी
श्रमीकका छोराछोरीको लागि हेमजाको मसिनाबगरमा बिद्यालय स्थापनाका लागी आयोजीत कार्यक्रममा सहभागी

नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसिले सोमबार उक्त भवनको शिलन्यास गर्दै निजि बिद्यालय स्तरको शिक्षा दिन आग्रह गरे । सेतीनदीको छेउमा बस्तीसंगै बिद्यालय हुने हुदा यसतर्फ समेत पुर्व सर्तकता अपनाउन समेत सुझाव दिदै नेपालकै एक नमुना बिद्यालयको रुपमा स्थापित गराउन आफ्नो पार्टीले समेत सहयोग गर्ने वचन दिए ।

नेपाली प्रवासी श्रमीक एकिवद्धक्ता केन्द्रका सचिव संजीव चापागाईको अध्यक्षतामा सम्पन्न भएको शिलन्यास कार्यक्रममा जिफन्टका विदेश बिभाग सदस्य शम्भर थापा, जिफन्ट राष्ट्रिय कमिटि सदस्य चन्द्रप्रसाद गुरुङ, बिद्यालय निमार्ण उपसमिति संयोजक सन्तबहादुर गुरुङ, सदस्य पुण्यप्रसाद उप्रेती, सल्लाहकार लिलाबहादुर कार्की, जिफन्ट गण्डकी धौलागीरी अध्यक्ष मिना गुरुङ, उपाध्यक्ष रुद्र खत्री लगायतले शिक्षाको बारेमा बोलेका थिए ।

उक्त बिद्यालय भवन निमार्ण गर्न संजीव बहादुर चापागाईको संयोजकत्वमा बिद्यालय निमार्ण व्याबस्थापन समिति गठन भएको छ । सदस्यहरुमा मिना गुरुङ, पुण्य उप्रेती, सन्तबहादुर गुरुङ, चिसमाया गुरुङ रहेका छन । त्यसै गरी रुद्र खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । अन्य सदस्यहरुमा लिला बहादुर कार्की, शम्मरबहादुर थापा, नन्दलाल अधिकारी, सुर्यप्रसाद उपाध्याय, बुद्धिमाया गुरुङ, गंगाबहादुर कार्की रहेका छन । भवन निमार्ण उपसमिति संयोजकमा सन्तबहादुर गुरुङ रहेका छन । त्यसै गरी सहसंयोजकमा काले गुरुङ, अन्य सदस्यहरुमा गोरे गुरुङ, कल्पना गुरुङ, लाल माया भुजेल र शुमती गुरुङ रहेका छन ।

कमेन्टहरु
Loading...