पर्यापर्यटन प्रर्वधन गर्न गिद्ध संरक्षण

पोखरा, १५ मंसिर/ घाचोकमा रहेको गिद्ध संरक्षण रेष्टुरेण्टमा पर्यटन प्रर्वद्धनका गर्नु पर्ने पोखरामा आयोजना भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । चरा संरक्षण नेपाल लगाएका सस्थाको आयोजनमा गरेको गिद्ध सुरक्षित आहारा क्षेत्र, घाँचोका क्षेत्रमा पर्यापर्यटन प्रर्र्बधन कार्याशाला गोष्ठीका वक्ताहरुले रेष्टुरेण्टको दिगो विकासका लागि पर्यटन प्रर्बधन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष सुय भुजेलले दिगो विकासका लागि पर्यटन घाचोकामा लैजानु पर्ने बताए । उनले एक्याप क्षेत्रमा पर्ने भएका कारण गिद्ध संरक्षण रेष्टुरेण्टमा जान मात्रै पनि शुल्क लाग्नु, बाटोका राम्रो व्यवस्था नहुने लगाएतका कारण गर्दा पर्यटन प्रर्र्बधन गर्न कठिनाइ भएको बताए ।

त्यसै गरि बसन्त दवाडीले गिद्ध संरक्षण रेष्टुरेण्टको प्रचार प्रसार गर्नु पर्ने र व्यवस्थित गर्नु पर्ने बताए । उनले प्रचार प्रसारका कारण अन्त्रका गिद्ध रेष्टुरेण्टमा पर्यटक गएको बताए । कार्यक्रमा एक्यापका बरिष्ठ संरक्षण अधिकृत नरबहादुर अम्गाइले एक्यापले गिद्ध संरक्षण रेष्टुरेण्टका लागि सहयोग गरिरहेको बताउदै पर्यटन प्रर्वधनका लागि एक्याप शुल्कमा आफुहरुले सुझाव केन्द्रमा पठाएको बताए ।

त्यसै गरि जिल्ला वन कार्यालय कास्कीका साहेक वन अधिकृत खगेन्द्र राज बरालले गिद्ध संरक्षणका लागि सिमलका रुखहरुको संरक्षणका साथै नयाँ विरुवा रोप्नु पर्ने बताए । करिब एक सय रोपनीमा सन्चानल भएको गिद्ध संरक्षण रेष्टुरेण्टमा अहिले करिब ५० वटा गाई गोरु छन् ।

कमेन्टहरु
Loading...