खाना पकाउने ग्यास उद्योगी आन्दोलनमा, माग पुरा नभए बिक्री नगर्ने घोषणा

काठमाडौं, ८ फागुन /नेपाल एलपी ग्यास उद्योग संघले १० बुँदे विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गरेर माग पूरा नभए ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने घोषणा गरेका छ ।

ग्यास उद्योगको संचालन खर्च र बिक्रेता र वितरकको कमिशन बढाउनुपर्ने, ग्यासको बिक्रीको कमिशन तराईमा घटाईएको, कोटा बढाउनु पर्ने, नेपाली ग्यास बुलेट संचालन हुनुपर्ने लगायतका १० बुँदे माग सरकारलाई राखेको संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

संघले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद नगर्ने, फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री नगर्ने हड्तालका कार्यक्रम घोषणा गरेका हुन् ।

पाँच वर्ष सम्मपनि सरकारले आफ्ना माग नसुन्दा धेरै उद्योग बिक्री भएको र केहीले घरखेत बिक्री गरेर चलाईरहेको संघका अध्यक्ष भण्डारीले बताए । उनले उद्योग चलाउनै नसक्ने अवस्था आएकाले हड्तालमा उत्रिनुपरेको बताए ।

कमेन्टहरु
Loading...