गरिमा र शुभेच्छाको एकिकृत कारोबार सुरु, वित्तिय संस्था सञ्चालकको योग्यता तोकिन्छ ः गभर्नर नेपाल

सागर राज तिमिल्सिना
पोखरा, ४ असोज/नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बाफिया आउँदा सञ्चालकको योग्यता तोकेर आउने बताएका छन् । मंगलबार पोखरामा गरिमा विकास बैंक र शुभेच्छा विकास बैंक गाभिएर एकिकृत कारोबारको शुभारम्भ कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । ‘अब बैंकको सञ्चालक औठाछाप र साक्षर भएर हुँदैन,’ उनले भने, ‘बाफिया योग्यताको निर्धारण गरेर आउँछ ।’ यसले बैंक तथा वित्तिय क्षेत्र सुधारमा सकारात्मक प्रभाव पार्ने उनले बताए ।

गरिमा र शुभेच्छाको एकिकृत कारोबार सुरु, वित्तिय संस्था सञ्चालकको योग्यता तोकिन्छ ः गभर्नर नेपाल
गरिमा र शुभेच्छाको एकिकृत कारोबार सुरु, वित्तिय संस्था सञ्चालकको योग्यता तोकिन्छ ः गभर्नर नेपाल

बैंक तथा वित्तिय संस्था स्थानीय स्तरमा सञ्चालन भएपनि अन्तराष्ट्रिय नियम अनुसार चल्नुपर्ने गभर्नर नेपालको भनाई छ । उनले बैंक जनताको भएको कुरा सञ्चालकले भुल्न नहुने प्रस्ट पारे । बैंकमा लगानी गरेर धेरै पैसा कमाउने नियत नराख्न उनले लगानी कर्ताहरुलाई सुझाव दिए ।

नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले बित्तीय क्षेत्रले बित्तीय क्षेमता बढाउँदा राष्ट्र बैंक देखि बैंकका ग्राहक सम्म सबैको आत्म विस्वास बढेको उल्लेख गरे । कार्यक्रममा नेपाल राष्ट्रबैंक पोखराका निर्देशक चिरञ्जीवी चापागाईले यसक्षेत्रमा बैंकहरुले ४९ अर्ब डिपोजित रहेको र ४४ अर्व लगानि रहेको जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु, नेपाल डेभलपमेन्ट बैंकर एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगाएतले निक्षेप संकलन जहाँ हुन्छ लगानिको प्राथमिकता पनि त्यहीँ हुनुपर्ने बताए ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले मर्जपछि बैंकको चुक्ता पुँजी १ अर्ब ८ करोड ५ लाख पुगेको जानकारी दिए । निक्षप संकलन ११ अर्ब ६० करोड र कर्जा प्रवाह १० अर्ब ६० करोड रहेको उनले जानकारी दिए । निक्षेपको सुरक्षा बैंकको पहिलो प्राथमिकतामा रहेको बताउँदै उनले लगानिकर्ताको उचित प्रतिफलमा ध्यान दिएको बताए । गरिमा विकास बैंकले आफ्ना १ लाख ६० हजार ग्राहकलाई ३७ शाखा मार्फत सेवा दिएको उनले जानकारी दिए ।

मर्जरपछि बैंकले गरिमा विकास बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंकको पुँजी एक अर्ब ८ करोड रुपैयाँ पुगेको उनले बताए । राष्ट्रियस्तरको विकास बैंक बन्न २०७४ असार मसान्तसम्म बैंकले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउनु पर्ने छ ।

कमेन्टहरु
Loading...