हालको विश्व मण्डलमा ग्रहचक्रको खेल, बैशाख पहिलो साताबाट राम्रो, औषधी पनि

गंगाधर तिमिल्सिना
गंगाधर तिमिल्सिना

गंगाधर तिमिल्सिना
धर्मशास्त्र आर्चाय

‘ग्रहा राज्यम् प्रयच्छन्ति ग्रहा राज्य हरनितच, ।
ग्रहा तस्यामि दम्सर्वं त्रैलोक्यस्य चराचरच ।।’

यस पृथ्वी लोकमा ग्रहहरुको ठुलो क्षमता रहन्छ । तीनै लोकमा ग्रहको गति अनुसार शुभ गोचरमा राज्यहरुलाई कल्याण शुभ फल दिने गर्दछन् । अशुभ गोचर भएको अवस्थामा सबैलोकलाई अस्तव्यस्त पार्ने गर्दछन् । यो ग्रहको चलखेल हो । ग्रहमण्डलको प्रकृयाबाट विश्वप्राणीको अवस्थालाई फेरबदल गर्न सक्द छन् ।

२०७५ श्रावण ११ गते शुक्रबार मकरमा खग्रास चन्द्र ग्रहण र अन्य ग्रहको शुभ दृष्टि नभएबाट पञ्च तत्व मध्ये जलतत्वमा कमी कमजोर भएको थियो । साथै २०७६ साल आषाढमा ३१ गते मंगलबार घर मकरमा चन्द्रमामा खण्डग्रास परेको हुदाँ भुमिपुत्र मंगलले पृथ्वीमा मृत तत्वमा विकार उत्पन्न भउको थियो । यो जल र माटाको विकृति रोग उत्पान हुने ग्रहगोचरको लक्षण देखिन्छ ।

२०७६ पौष १० गते बिहीबार धनुराशीमा सूर्य खण्डग्रास परेकाले धनको सूर्यको शक्तिकम हुदाँ विशेष दुषित पदार्थको प्रभाव हुने हुदाँ प्राणीहरुमा असर पर्ने र नाश हुने देखिन्छ । एवंरितले मीनको सूर्य निस्तेज हुने मकरको गुरु पनि उति शक्ति शाली नहुने साथै अन्य ग्रहको दृष्टि पनि कम हुने भएबाट २०७६ चैत मसान्त सम्म जलचर र थलचरमा प्राणीको विनाश तथा रुग्ण हुन सक्ने ग्रहगोचरबाट देखिन्छ ।

२०७७ को प्रारम्भ सूर्य मेषराशी अश्विनी नक्षत्रमा जाने र स्वर्गका वैद्य अश्विजी कुमारको अवसर आएको र अरु ग्रहको बलपुग्ने भएको कारण २०७७ बैशाख ३ र ४ गतेबाट विस्तारै प्राणी विनासक रोग पनि घटने ज्योतिषचत्रको फल देखिन्छ । यही अवधीमा औषधीहरु बन्न सक्ने सम्भावना हुन्छ । २०७७ जेष्ठ १७ गते शनिबार शुक्र पूर्वमा अस्त हुने र आषाढ ७ गते रविबार सूर्य खण्ड ग्रहण मिथुन राशीमा हुदैजाँदा, पुर्वाश बाँकिको असर झल्कन सक्ने छ ।

मांसाहार एंम कटुहार प्राणीको अवश्यथामा अलि बाधा पनि हिडाइमा कठिनाई हुदे मानसिक खुलदुली भैरहने जस्ता आधारहरु देखिन्छन् । अन्नततः २०७७ बैशाख पहिलो हप्ताबाट यो विनाशक ग्रहशक्ति घट्दै जानेछ । तर नैरित्यबाट वायु मण्डलबाट प्रकोप हुने प्राणी समुदायमा मन चन्चल हुनेछ । ता पनि श्रावणबाट विश्व मानहरुलाई शान्ती सन्तोष आराम जस्ता प्रकृयाहरु हुनेछन् ।

कमेन्टहरु
Loading...