‘स्व टंकादेवी–तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ पाण्डे सम्मानीत

सागर राज तिमिल्सिना
पोखरा, २६ माघ/मेची–महाकाली मिडिया सोसाइटीद्वारा सञ्चालित ‘स्व टंकादेवी–तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार गणेश पाण्डे सम्मानीत भएका छन् ।पाण्डेलाई पुनराबेद अदालत पोखराका न्यायधिस विशम्भर प्रसाद श्रेष्ठले सम्मान गरे । पुरस्कराको राशी नगद २ हजार १ रुपैया, ताम्रपत्र र दोसल्ला प्रदान गदै पाण्डेलाई श्रेष्ठले सम्ममान गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीबिनोद प्रतिकको संयोजकत्वमा रहेको छनौट समितिले पाण्डेलाई पुरष्कार दिने निर्णय गरेको हो ।

मेचीमहाकाली मिडियो सोसाइटीको पुरस्कारबाट पत्रकार गणेश पाण्डे सम्मानीत
मेचीमहाकाली मिडियो सोसाइटीको पुरस्कारबाट पत्रकार गणेश पाण्डे सम्मानीत

सत्य तथ्य र वस्तुपरक समाचार लेखेर समाजमा उल्लेखनीय योगदान दिएको भन्दै सोसाइटीले पाण्डेलाई छनोट गरेको हो । १३ बर्षअघि लमजुङबाट पत्रकारिता आरम्भ गरेका पाण्डे प्रेस चौतारी नेपालका केन्द्रीय सचिव, दैनिक नेपाल डटकमका संस्थापक सम्पादक तथा रेडियो चौतारी लमजुङका संचालक समिति सदस्य हुन् ।पोखरा मालेपाटनका स्व टंकादेवी–तुलसीप्रसादका छोरा सूर्यप्रसाद, सूवणप्रसाद र रुदप्रसादका परिवारद्वारा पुरष्कारकारको स्थापन गरेका हुन् ।

यसअघि यो पुरस्कारबाट पोखरामा पत्रकारिता गर्दै आएका रामकृष्ण ज्ञवाली, रिता गुरुङ, इश्वरी न्यौपाने र जनकुपुरकी पत्रकार स्व उमादेवी सिंहलाई प्रदान गरिएको थियो । कार्यक्रमा न्ययाधिस श्रेष्ठले पत्रकारहरु समाजका ऐना भएको बताउदै पत्रकारहरको सम्मानले समाज प्ररिर्वतका लागी टेवा पुग्ने बताए । उनले विश्वको जुन सकै ठाउँमा भएका घटनाहरुलाई सन्चालन माध्यमले ल्याएका कारण जनताले सुसुचित हुने अवसर पाएको बताए ।

कार्यक्रममा सम्मानीत पत्रकार पाण्डेले पत्रकारीता पेसा निकै नै असजीलो अवस्थाबाट आगाडी बढेको बताउदै पत्रकराहरुले बैकल्पीक पेसा खोज्नु पर्ने अवस्था आएको बताए । समाजले पत्रकारहरुलाई उत्प्रेरण दिनु पर्ने बताए ।

कार्यक्रममा कास्कीका साहेक प्रमुख जिल्ला अधिकारी अजुर्न कुमार भण्डारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सन्जीव बहादुर कोइराला, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्री विनोद प्रतिक, सुवर्ण कोइराला, मेचिमहाकाली मिडिया सोसाइटीका दिपेन्द्र श्रेष्ठ, बसन्ती बास्तोला लगाएतले पत्रकारीता र स्वगीय टंकदेवि र तुलसी प्रसाद कोइरालाका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...